• २० भदौ २०८३, शनिबार
  • ३ः४५ दिउँसो

एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो

प्रकाशित मिति

२०८२ कार्तिक २१ गते, शुक्रबार १०:२८

कात्तिक २१, २०८२ काठमाडौं—  एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार बैंकले तीन महिनामा १२ करोड ६० लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

National Life

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५३ प्रतिशतले बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले ११ करोड ५ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ। गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ५५ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा २ अर्ब २८ करोड ६० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ।

Classic Tech Desktop

तर, सञ्चालन नाफा भने बढेको छ। बैंकको सञ्चालन नाफा १७ करोड ३८ लाख ६५ हजार रुपैयाँबाट बढेर १९ करोड ३५ लाख २२ हजार रुपैयाँ पुगेको छ। असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ६ अर्ब २४ करोड ८२ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ र जगेडा कोष २० अर्ब ९७ करोड ८१ लाख ३६ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ।

बैंकले ३ खर्ब ३७ अर्ब ३१ करोड ४८ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब २२ करोड १८ लाख ५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। असोज मसान्तसम्म बैंकको खराब कर्जा अनुपात २.०८ प्रतिशतबाट घटेर १.७४ प्रतिशतमा झरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (EPS) ३ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ७४ पैसा रहेको विवरणमा जनाइएको छ।

प्रतिकृया