• ७ असोज २०८३, बुधबार
  • २ः१६ दिउँसो

जेनजी आन्दोलनपछि बन्द चन्द्रागिरी हिल्स शनिबारदेखि पुनः सञ्चालनमा

प्रकाशित मिति

२०८२ कार्तिक २० गते, बिहीबार ०९:४६

कात्तिक २०, २०८२ काठमाडौं— भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोडपछि बन्द रहेको चन्द्रागिरी हिल्स यही शनिबारदेखि पुनः सञ्चालनमा ल्याइने भएको छ। कम्पनीले जानकारी दिएको अनुसार, तोडफोडका कारण क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःसंरचना कार्य पूरा भएपछि सेवाहरू पुनः सुरु गर्न तयारी पूरा भएको हो।

National Life

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीले मुख्य संचालन युनिट, केबलकारको गन्डोला पार्किङ तथा स्टोर युनिट, कम्पनीको लेखा तथा प्रशासनिक शाखा, रेस्टुरेन्ट, कफीशप र टिकट काउन्टरलगायत बटम स्टेशनका अधिकांश भौतिक संरचनामा क्षति पुर्‍याएका थिए। त्यसपछि हिल्सको सम्पूर्ण सञ्चालन स्थगित गरिएको थियो।

कम्पनीका अनुसार अब सबै मर्मत कार्य पूरा भइसकेको छ र पर्यटकका लागि केबलकार, रेस्टुरेन्ट तथा अन्य सेवाहरू शनिबारदेखि क्रमिक रूपमा खुला गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

चन्द्रागिरी हिल्स काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य हो, जहाँबाट पर्यटकले काठमाडौं उपत्यकाको दृश्य र हिमालय श्रृंखलाको मनोरम दृश्यावलोकन गर्न सक्छन्।

प्रतिकृया