प्रधानमन्त्री कार्कीले आज किन सातै प्रदेशका मुख्यमन्त्रीबीच गर्दै छिन् छलफल ?
प्रकाशित मिति
२०८२ कार्तिक १६ गते, आईतवार ०९:३८
कात्तिक १६, २०८२ काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल गर्न लागेकी छिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।
बैठकमा सहभागी हुने मुख्यमन्त्रीहरूमा कोशी प्रदेशका हिक्मतबहादुर कार्की, मधेस प्रदेशका जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका यामलाल कँडेल, र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह रहनेछन्।
प्रधानमन्त्री कार्कीले यो बैठक संघीय र प्रदेश सरकारबीच संवाद सुदृढ गर्न तथा सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आह्वान गरेकी हुन्। उनका अनुसार हालको परिवर्तित राजनीतिक परिस्थितिमा नीति–कार्यन्वयन, बजेट उपयोग, विकास आयोजना र जनसेवाको प्रभावकारिता सुनिश्चित गर्न संघ–प्रदेश समन्वय अत्यावश्यक भएको बताइएको छ।
प्रधानमन्त्रीको सचिवालयले जनाएको छ कि बैठकमा प्रदेश सरकारका कामकाजमा देखिएका चुनौती, संघीय नीतिहरूको कार्यान्वयन, र आगामी योजनाका प्राथमिकताबारे पनि छलफल हुनेछ।






प्रतिकृया