• २० असोज २०८३, मंगलबार
  • ११ः५६ बिहान

जेनजी प्रतिनिधि मिराज ढुंगानाद्वारा जिल्ला समन्वय समिति खारेज र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग

प्रकाशित मिति

२०८२ कार्तिक १३ गते, बिहीबार ०९:४९

कात्तिक १३, २०८२ काठमाडौं—  बालुवाटारमा बुधबार साँझ भएको त्रिपक्षीय छलफलमा जेनजी प्रतिनिधि तथा ‘गरी खान देऊ’ अभियानका अध्यक्ष मिराज ढुंगानाले जिल्ला समन्वय समिति तत्काल खारेज गर्नुपर्ने माग गरेका छन्।

National Life

ढुंगानाले नागरिक स्तरको भ्रष्टाचार अनुसन्धान निकाय गठन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्था र विदेशस्थित नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने व्यवस्था आफ्ना मुख्य सर्तका रूपमा अघि सारेका हुन्।

उनका अनुसार हालको संघीय संरचना खर्चिलो र असन्तुलित भएकाले प्रत्येक प्रदेशअन्तर्गतका स्थानीय तहका प्रतिनिधिहरूको सभालाई नै प्रदेश सभा बनाउने र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव उनले राखेका छन्। साथै, प्रदेशका मन्त्रीहरू गैरराजनीतिक विज्ञसमूहबाट नियुक्त गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

ढुंगानाले जेनजी आन्दोलनलाई तत्काल राजनीतिक जनआन्दोलनको रूपमा घोषणा गर्न, सहिद परिवार र घाइतेहरूको उचित व्यवस्थापनका लागि आयोग गठन गर्न, तथा भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रतिकृया