• २० असोज २०८३, मंगलबार
  • ११ः५७ बिहान

नवनियुक्त दुई मन्त्रीको शपथ सम्पन्न, सुनार र श्रेष्ठको नाम अन्तिम समयमा रोकियो

प्रकाशित मिति

२०८२ कार्तिक ९ गते, आईतवार ०३:४०

कात्तिक ९, २०८२ काठमाडौं— राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित विशेष समारोहमा दुई जना नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन्।

National Life

शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छिन् भने गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्रीले यसअघि चार जना मन्त्री सिफारिस गरेकी थिइन्। तर अन्तिम समयमा आएर श्रममन्त्रीका लागि सिफारिस खगेन्द्र सुनार र भूमिसुधार मन्त्रीका लागि सिफारिस गणपतिलाल श्रेष्ठको नाम विवाद र अन्य कारणले रोकिएको हो।

यससँगै सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा आजका लागि दुई जना मात्रै नयाँ मन्त्री थपिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया