आज साढे २ बजे नयाँ मन्त्रीहरूको शपथ
प्रकाशित मिति
२०८२ कार्तिक ९ गते, आईतवार १०:५५
कात्तिक ९, २०८२ काठमाडौं— मन्त्रिपरिषद्मा आज थपिने चार जना नयाँ मन्त्रीहरूले दिउँसो साढे २ बजे शपथग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शपथको तयारी पूरा भएको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले पठाएका नयाँ मन्त्रीहरूमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन्।
सरकारले तोकेको जिम्मेवारी अनुसार डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्रालय, र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।
यद्यपि, गणपति लाल श्रेष्ठलाई सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी भए पनि पछि फेरेर भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री कार्कीले आइतबार बिहानै राष्ट्रपति कार्यालयमा पठाइसकेकी छन्।








प्रतिकृया