• २० असोज २०८३, मंगलबार
  • ११ः५८ बिहान

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ कार्तिक ९ गते, आईतवार १०:४१

कात्तिक ९, २०८२ काठमाडौं— युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि कात्तिक ११ देखि २५ गतेसम्म बुक क्लोज गर्ने घोषणा गरेको छ।

National Life

भोलि कात्तिक १० गते छठ पर्वको सार्वजनिक बिदा भएकाले नेप्से बन्द हुनेछ। त्यसैले आजसम्म शेयरधनी रहेको व्यक्तिहरूले मात्र आगामी साधारणसभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले आफ्नो सञ्चालक समितिको निर्णय अनुसार शेयरधनीहरूलाई प्रतिकित्ता १,८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त निर्णय पारित गर्न कम्पनीको ३२औं वार्षिक साधारणसभा कात्तिक २५ गते नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा दिउँसो साढे ४ बजे सुरु हुने छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया