• १ असोज २०८३, बिहीबार
  • ४ः४४ बिहान

प्रदर्शनकारीलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह, संवादबाटै समाधान खोजिने:गृहमन्त्री अर्याल

प्रकाशित मिति

२०८२ कार्तिक ८ गते, शनिबार ०१:०६

कात्तिक ८, २०८२ काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्यालले देशको वर्तमान अवस्था संवेदनशील रहेको उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार र संयमित ढंगले प्रस्तुत हुन आग्रह गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय सुरक्षा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सम्भावित प्रदर्शनका संकेतलाई ध्यानमा राख्दै संयमित व्यवहार गर्न आग्रह गरेका हुन्।

National Life

गृहमन्त्री अर्यालका अनुसार, विभिन्न समूहहरूले प्रदर्शनका तयारी गरिरहेका सूचनाहरू प्राप्त भएका छन्। उनले भने, “सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौं। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्।”

उनले थपे,“राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौं। सम्बद्ध पक्षहरूसँग वार्ता गर्छौं र संवादबाटै समस्याको समाधान खोज्ने हाम्रो चाहना हो।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री कार्कीले गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग बैठक गरेकी थिइन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा देशको वर्तमान सुरक्षा अवस्था, सम्भावित चुनौती र आवश्यक कदमबारे विस्तृत समीक्षा गरिएको थियो।

बैठक करिब दुई घण्टा चलेको थियो र सुरक्षा प्रमुखहरूले आ–आफ्नो निकायको तर्फबाट वर्तमान परिस्थितिको मूल्याङ्कन प्रस्तुत गरेका थिए।

प्रतिकृया