• २० असोज २०८३, मंगलबार
  • २ः१६ दिउँसो

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन, आज अधिकांश भूभागमा मौसम सफा

प्रकाशित मिति

२०८२ आश्विन ३० गते, बिहीबार १०:१३

असोज ३०,२०८२ काठमाडौं– जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ। विभागका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

National Life

आज दिउँसो देशका सबै प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने तराई तथा अन्य भूभागमा मौसम खुल्ला रहने विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जानकारी दिएको छ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। विभागले हालका लागि मौसममा उल्लेखनीय परिवर्तनको सम्भावना नरहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया