• २० असोज २०८३, मंगलबार
  • २ः१६ दिउँसो

देश प्रतिक्रान्तितर्फ धकेलिँदैछ : अध्यक्ष ओली

प्रकाशित मिति

२०८२ आश्विन २९ गते, बुधबार १२:४२

असोज २९,२०८२ काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देश अप्रत्याशित रूपमा प्रतिक्रान्तितर्फ धकेलिएको बताएका छन्।

National Life

ललितपुरको रामबाग महलमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले देशलाई लोकतान्त्रिक, जनपक्षीय र विकासमुखी बाटोमा फर्काउन आवश्यक रहेको बताए।

उनले एमाले राम्रो कामका कारण सबैभन्दा धेरै निशानामा परेको दाबी गर्दै भने, “हामीले नराम्रो होइन, राम्रा नीति ल्याएको कारण प्रहारको केन्द्रमा परेका हौं।”

Classic Tech Mobile
Classic Tech Desktop

ओलीले भ्रष्टाचारमुक्त शासन, सुशासन र शान्तिपूर्ण मार्गमा देशलाई अगाडि बढाउन सबै जुट्नुपर्नेमा जोड दिए।

प्रतिकृया