• २० असोज २०८३, मंगलबार
  • २ः१६ दिउँसो

प्रतिनिधिसभा विघटनबारे छलफल गर्न सभामुखले बोलाए दलहरूलाई

प्रकाशित मिति

२०८२ आश्विन २९ गते, बुधबार ०९:१५

असोज २९,२०८२ काठमाडौं- सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएका छन्।प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे दलहरूको धारणा बुझ्न सभामुखले आज बिहान ९ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफल आह्वान गरेका हुन्।

National Life

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार, अदालतमा संसद पुनर्स्थापनाको माग लिएर जाने कि नगर्ने भन्ने विषयमा दलहरूको मत जान्न सभामुखले छलफल गर्न लागेका हुन्। सभामुखले दलका प्रतिनिधिहरूलाई आधिकारिक धारणा लिएर छलफलमा उपस्थित हुन आग्रह गरेका छन्।

दलहरूसँग प्रारम्भिक छलफलपछि सभामुखले पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एशोसिएसन, सर्वोच्च बारलगायतका कानुनी निकायका प्रतिनिधिसँग पनि परामर्श गर्ने तयारी गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया