• २० असोज २०८३, मंगलबार
  • २ः१६ दिउँसो

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा राहदानी सेवा पुनः सुरु

प्रकाशित मिति

२०८२ आश्विन २९ गते, बुधबार ०८:५४

असोज २९,२०८२ काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानीसम्बन्धी सेवा पुनः सुरु भएको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कार्यालय भवनमा भएको आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो।

National Life

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार अब राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ। बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा उपलब्ध हुने जानकारी दिइएको छ।

अनलाइन आवेदन फारम भने साँझ ५ बजेसम्म मात्र खुला रहनेछ। अत्यधिक सेवाग्राहीको चाप र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरूलाई पाँच बजेभित्रै उपस्थित हुन अनुरोध गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई समयमै सेवा लिन अनुरोध गर्दै सूचना जारी गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया