• २० असोज २०८३, मंगलबार
  • ३ः१७ दिउँसो

राष्ट्र बैंकद्वारा दुई मनी चेञ्जरको लाइसेन्स रद्द

प्रकाशित मिति

२०८२ आश्विन २३ गते, बिहीबार ०९:४६

असोज २३, २०८२ काठमाडौं–  नेपाल राष्ट्र बैंकले तोकिएको समयसीमा भित्र लाइसेन्स नवीकरण नगरेको भन्दै दुई मनी चेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ।राष्ट्र बैंकका अनुसार काठमाडौंको मित्रनगरस्थित युनियन करेन्सी एक्सचेन्ज प्रा. लि. र काठमाडौंकै ठमेलस्थित के.टी.एम. ओम मनी एक्सचेन्ज प्रा. लि. का इजाजतपत्रहरू खारेज गरिएको हो।

National Life

उक्त कम्पनीहरूले नेपाल राष्ट्र बैंक मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९(३) अनुसार तोकिएको तीन महिनाको म्यादभित्र नवीकरण प्रक्रिया पूरा नगरेको जनाइएको छ। सो प्रावधानअनुसार म्याद सकिएको मितिदेखि तीन महिनाभित्र नवीकरण गर्नु पर्ने व्यवस्था छ।

राष्ट्र बैंकले निर्धारित समयसीमा उल्लंघन भएपछि दुवै कम्पनीको मनी चेञ्जरको लाइसेन्स स्वतः रद्द गरिएको जानकारी गराएको छ। यससँगै अब यी कम्पनीहरूलाई विदेशी मुद्राको कारोबार गर्ने अनुमति छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया