• २० असोज २०८३, मंगलबार
  • २ः१७ दिउँसो

जेनजी आन्दोलनपछि कांग्रेसको पदाधिकारी बैठक आज, देउवाको उपस्थिति अन्योल

प्रकाशित मिति

२०८२ आश्विन २३ गते, बिहीबार ०९:०८

असोज २३, २०८२ काठमाडौं–  जेनजी (जनमत–नेपाली कांग्रेस–जसपा) संयुक्त आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको मूल्यांकन गर्न नेपाली कांग्रेसले आज दिउँसो १ बजे ललितपुरको होटल हिमालयमा पदाधिकारी बैठक बोलाएको छ। बैठकमा केन्द्रीय समिति बैठकका सम्भावित एजेन्डा, जेनजी आन्दोलनपछिको अवस्था र पार्टीको आगामी रणनीतिबारे गम्भीर छलफल हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्। उनका अनुसार बैठकमा संसद् पुनःस्थापनातर्फ जाने कि निर्वाचनमा जाने भन्ने विषयमा समेत समीक्षा हुने छ।

National Life

तर बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको उपस्थिति रहने–नरहने अझै स्पष्ट भइसकेको छैन। “उहाँ बैठकमा सहभागी नहुने भन्ने सुनेका छौँ, तर उहाँले निवासमै केही पदाधिकारीहरूसँग निरन्तर छलफल गरिरहनुभएको छ,” ती पदाधिकारीले बताएका छन्।देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग भने जेनजी आन्दोलनपछि भेटवार्ता वा टेलिफोन संवादसमेत गरेका छैनन्।

कांग्रेसभित्र पछिल्लो समय नेतृत्व, रणनीति र आन्दोलनप्रति विभिन्न धारणा देखिएको बेला आजको बैठकलाई महत्त्वका साथ हेरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया