• २० असोज २०८३, मंगलबार
  • ३ः१७ दिउँसो

शिव श्री हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ आश्विन २३ गते, बिहीबार ०९:०२

असोज २३, २०८२ काठमाडौं–  शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिन आज (असोज २३ गते) अन्तिम मौका रहेको छ। कम्पनीले यसअघि तोकेको समयसीमा असोज ८ गते भए पनि निष्कासन अवधि थप गर्दै आजसम्मको समय दिएको हो।

National Life

कम्पनीले भदौ १९ गतेदेखि साउन १५ गतेसम्म कायम रहेका शेयरधनीहरूका लागि १:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्दै आएको छ। यस अन्तर्गत प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर जारी गरिएको हो।

कम्पनीका अनुसार आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ र त्यसपछि हकप्रद शेयरको आवेदन प्रक्रिया बन्द गरिनेछ। इच्छुक योग्य शेयरधनीहरूले तोकिएको समयभित्र आवेदन नदिएमा हकप्रदमा सहभागी हुन पाउने अवसर गुम्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया