• २० असोज २०८३, मंगलबार
  • ७ः११ बेलुका

यात्रामा निस्कनु अघि हेर्नुहोस् – आजका अवरुद्ध राजमार्गहरूको सूची (सूचीसहित)

प्रकाशित मिति

२०८२ आश्विन २२ गते, बुधबार १०:२०

असोज २२, २०८२  काठमाडौं– लगातारको वर्षा र पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरूमा यातायात अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।कोशी राजमार्ग संखुवासभाको एकुवा र बरुणखोलामा पहिरो खस्दा पूर्ण रूपमा बन्द छ। बीपी राजमार्ग सिन्धुलीको नेपालथोक र काभ्रेका विभिन्न स्थानहरूमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ।

National Life

धनकुटामा मध्य पहाडी लोकमार्ग र कोशी लोकमार्ग अवरुद्ध भए पनि एकतर्फी रुपमा सुचारु गरिएको प्रहरीले जानकारी दिएको छ। यस्तै, मदन भण्डारी राजमार्ग र कान्ति लोकपथ पनि एकतर्फी सञ्चालनमा रहेको छ।

प्रहरीका अनुसार सडक अवरोध हटाउन आवश्यक संयन्त्र र जनशक्ति परिचालन भइरहेको छ। यात्रुलाई सतर्क रहन र आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया