सडकमा होइन, शान्तिपूर्ण दबाब दिने तयारीमा जेनजी
प्रकाशित मिति
२०८२ आश्विन २१ गते, मंगलवार ०४:३०
असोज २१, २०८२ काठमाडौं- जेनजी आन्दोलनमा सक्रिय प्रतिनिधिहरूले अक्टोबर ८ र ९ मा सडकमा उत्रेर कुनै आन्दोलनको कार्यक्रम नरहेको स्पष्ट पारेका छन्। मंगलबार जेनजी आन्दोलनका क्रममा मृतक तथा घाइतेको तर्फबाट जाहेरी दर्ता गर्न जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका जेनजी प्रतिनिधिहरूले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
जेनजी अगुवा ओजस्वी थापाले भने, “अक्टोबर ८ र ९ मा कुनै आन्दोलनको योजना छैन, हामी देशमा पुनः रक्तपात चाहँदैनौं। घरभित्र बसेका राजनीतिक दलहरूलाई आग्रह गर्छौं — सरकारलाई कानुन कार्यान्वयन गर्न दिनुहोस्।”
उनले सरकार, प्रहरी प्रशासन र अन्य जिम्मेवार निकायलाई कानुन पालना र कार्यान्वयनमा सहजीकरण गर्न आह्वान गरे। त्यस्तै, अर्का जेनजी प्रतिनिधि जेम्स कार्कीले भने, “हामी न्याय नपाएसम्म आन्दोलन जारी राख्छौं, तर त्यो आन्दोलन शान्तिपूर्ण र अर्थपूर्ण हुनेछ।”
जेनजी समूहले पछिल्ला दिनहरूमा न्याय, जवाफदेही र दण्डहीनताको अन्त्यका मागसहित सरकार र संवैधानिक निकायहरूमा दबाब दिन सक्रियता बढाएको छ।








प्रतिकृया