• २० असोज २०८३, मंगलबार
  • ७ः१० बेलुका

असोज ११–१२ को बाढी पहिरोमा ५२ जनाको मृत्यु, ५ जना अझै बेपत्ता

प्रकाशित मिति

२०८२ आश्विन २१ गते, मंगलवार ०२:१७

असोज २१, २०८२ काठमाडौं-  असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर ५२ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार सम्पन्न बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले बाढी–पहिरोसम्बन्धी विवरण सार्वजनिक गरेका हुन्।

National Life

उनका अनुसार, इलाममा ३९ जना, पाँचथरमा १ जना, काभ्रेमा १ जना, उदयपुर र धनुषामा २/२ जना, तथा खोटाङ, भोजपुर, सुनसरी, मोरङ र रौतहटमा १/१ जनाको मृत्यु भएको छ। यससँगै, रौतहटमा चट्याङ लागेर २ जनाको मृत्यु भएको जानकारी पनि उनले दिए। भट्टका अनुसार, रसुवामा ४ जना र इलाममा १ जना गरी ५ जना अझै बेपत्ता छन्, भने बाढी–पहिरोका घटनामा ४७ जना घाइते भएका छन्।

सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको कार्य जारी रहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया