• ३१ भदौ २०८३, बुधबार
  • १०ः१२ राती

आज नवरात्रको पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना

प्रकाशित मिति

२०८२ आश्विन ११ गते, शनिबार ०९:५५

असोज ११, २०८२ काठमाडौं–  आज आश्विन शुक्ल पञ्चमीका दिन नवरात्रको पाँचौं दिन परेको छ। नवरात्रको प्रत्येक दिन नवदुर्गामध्ये एक देवीको विशेष पूजा गरिन्छ भने आजको दिन स्कन्दमाता देवीको आराधना गरिँदैछ।

National Life

स्कन्दमाता दुर्गाका नवरूपमध्ये पाँचौं स्वरूप हुन् र स्कन्दकुमारकी माता भएकाले यिनलाई स्कन्दमाता भनिन्छ। चार हात भएकी स्कन्दमाता कमलको आसनमा बस्ने र काखमा छ मुख भएका स्कन्दकुमारलाई लिएर प्रकट हुन्छिन्। यसैकारण उनलाई पद्मासना पनि भनिन्छ। नवरात्रको नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। यी नौ देवीलाई नवदुर्गा भनिन्छ।

नवरात्रका दिनहरूमा घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, देवीभागवत र देवी स्तोत्रहरूको पाठ गरिन्छ। यस आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यस अवसरमा काठमाडौं उपत्यका र देशभरका प्रमुख मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ। नवरात्र १५ दिनसम्म चल्ने दशैँ पर्वको एउटा महत्वपूर्ण अङ्ग हो।

Classic Tech Mobile
Classic Tech Desktop

नवरात्रको समापनसँगै विजयादशमी र कोजाग्रत पूर्णिमासम्म नेपालीहरूले बडादशैँ पर्व मनाउँछन्।

प्रतिकृया