• २० असोज २०८३, मंगलबार
  • ४ः१४ बेलुका

यस्ता छन् हिजो बसेको मन्त्रिपरिषद्‌का निर्णयहरू(निर्णयसहित)

प्रकाशित मिति

२०८२ आश्विन १० गते, शुक्रबार ०३:४५

असोज १०, २०८२ काठमाडौं– सरकारले नेपाल सरकार (कार्य विभाजन) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ। संशोधित नियमावलीअनुसार प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अबदेखि अर्थ मन्त्रालयको कार्यक्षेत्रमा ल्याइएको छ। यस्तै, राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ।

National Life

कार्यविभाजनको स्पष्टता र प्रशासनिक कामकाजलाई थप प्रभावकारी बनाउने उद्देश्यले नियमावली संशोधन गरिएको सरकारी प्रवक्ताले जनाएका छन्। यसका साथै, सरकारले संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डी.सी.मा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री तथा अर्थ मन्त्रालयका सचिवको भ्रमण पनि स्वीकृत गरेको छ।

उक्त बैठकमा नेपालले वर्तमान आर्थिक अवस्था, वैदेशिक लगानी आकर्षण, तथा वित्तीय सहकार्यका विषयमा उच्चस्तरीय वार्ता गर्ने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मनत्रिपरिषद्‌का निर्णयहरू :

प्रतिकृया