• २० असोज २०८३, मंगलबार
  • ४ः०७ बेलुका

राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइलहरू खुल्ने गृहमन्त्री अर्यालको घोषणा

प्रकाशित मिति

२०८२ आश्विन १० गते, शुक्रबार १२:३१

 असोज १०, २०८२ काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले विगतमा राजनीतिक पहुँचका कारण रोकिएका अनुसन्धानका सबै फाइलहरू अब खुला गर्ने स्पष्ट घोषणा गरेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अर्यालले राजनीतिक कनेक्सनको नाममा रोकिएका मुद्दाहरू अब कुनै हालतमा थाँती नरहने बताए।

National Life

उनले भने, “पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो, त्यस्तो अब हुँदैन।” शान्ति सुरक्षा र सुशासन कायम गर्न सरकारले गम्भीर रुपमा लागेको बताउँदै मन्त्री अर्यालले सुशासनबिना शान्ति सुरक्षा सम्भव नहुने धारणा राखे। “शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र निर्वाचन गर्न सकिँदैन,” उनले भने।

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सीआईबी कार्यालयमा क्षति पुगेको थियो। त्यसको अवलोकनका क्रममा गृहमन्त्रीले अपराध, आर्थिक तथा वित्तीय अपराधका विषयमा रोकिएका सबै अनुसन्धान अघि बढाउने निर्देशन दिएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

“कतिपय अपराध अनुसन्धानमा, आर्थिक र वित्तीय अपराध लगायत भ्रष्टाचारका विषयहरूमा जुन अवरोध थियो, त्यो अब फुकाउनु पर्छ भन्ने मेरो अपेक्षा अनुसार निर्देशन दिएको छु,” मन्त्री अर्यालले स्पष्ट पारे। उनको यो कदमलाई शान्ति, सुशासन र जवाफदेहिताको दिशामा सकारात्मक पहलका रूपमा हेरिएको छ। अब राजनीतिक पहुँचको आडमा अपराध ढाकछोप गर्ने प्रवृत्तिमा रोक लाग्ने सरकारको दाबी छ।

प्रतिकृया