पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की,यी विषयमा सम्बोधन गर्ने
प्रकाशित मिति
२०८२ आश्विन ९ गते, बिहीबार ०९:५९
असोज ९, २०८२ काठमाडौं– अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा पहिलो सम्बोधन गर्ने भएकी छिन्। सर्वाेच्च अदालतको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की भदौ २७ गते जेनजी पुस्ताको समर्थनमा नेपालको अन्तरिम प्रधानमन्त्री नियुक्त भएकी हुन्।
प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको दमन, तोडफोड, आगजनी, लूटपाट र त्यसपछि उत्पन्न परिस्थिति र त्यसको पुनर्निर्माण लगायतका विषयमा सम्बोधन गर्नेछिन्। आन्दोलनमा ज्यान गुमाएका ७४ जना सहिदको परिवारलाई राहत, घाइतेहरूको उपचार लगायतका विषयमा पनि सम्बोधन गर्नेछिन्।
प्रधानमन्त्री नियुक्त भए लगत्तै प्रतिनिधि सभा विघटको सिफारिस गरेकी कार्कीले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने र त्यसलाई सफल पार्न राजनीतिक दलबीच सहमति र समझदारी आवश्यक रहेकाले सबैलाई आह्वान गर्ने अपेक्षा गरिएको छ।








प्रतिकृया