• २० असोज २०८३, मंगलबार
  • ४ः१४ बेलुका

छुट्ला है ! नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ आश्विन ९ गते, बिहीबार १०:२४

असोज ९, २०८२ काठमाडौं–  नेपाल ल्यूब आयल कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म आफ्नो शेयरधनीको सूची (बुक) क्लोज गर्ने निर्णय गरेको छ। यसका कारण शेयरधनीहरूले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको कम्पनीले जानकारी दिएको छ।

National Life

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर तिर्न १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिसकेको छ। यसले शेयरधनीहरूलाई दुवै किसिमको लाभांश प्राप्त हुने छ।

असोज ३१ गते बिहान साढे ११ बजे पुल्चोकस्थित द प्लाजामा ३४औं वार्षिक साधारणसभा (एजीएम) डाकिएको छ, जहाँ उक्त लाभांश सम्बन्धी निर्णय पारित गरिने छ। शेयरधनीहरूले लाभांश सुरक्षित गर्न असोज १२ अघि आफ्नो शेयर खरिद वा कारोबार सुनिश्चित गर्नुपर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया