• २० असोज २०८३, मंगलबार
  • ४ः१६ बेलुका

‘बडा दशैंको उपहार’का नाममा ठगी धन्दा, नबिल बैंकले जारी गर्‍यो यस्तो सूचना

प्रकाशित मिति

२०८२ आश्विन ८ गते, बुधबार ०३:१७

 असोज ८, २०८२ काठमाडौं–  नबिल बैंकले आफ्ना ग्राहकहरूलाई नक्कली वेबसाइट र सामाजिक सञ्जालमार्फत फैलिरहेको भ्रमपूर्ण सूचना सम्बन्धमा सचेत गराएको छ। बैंकका अनुसार केही नक्कली प्लेटफर्महरूले बैंकको नाम दुरुपयोग गरी पुरस्कारजस्ता झूटा आर्थिक लाभको आशामा ठगी वा फिसिङ गर्ने उद्देश्यका सूचना प्रचार गर्दै आएका छन्।

National Life

बैंकले ग्राहकहरूलाई यस्तो सूचना वा वेबसाइटमा विश्वास नगर्न अनुरोध गर्दै कुनै पनि जानकारीको लागि केवल आधिकारिक वेबसाइट www.nabilbank.com र nbank.nabilbank.com मा मात्र भरोसा गर्न आग्रह गरेको छ। अत्यावश्यक परेमा बैंकको ग्राहक सेवा केन्द्र ०१-५९७००१५ वा [email protected] मा सम्पर्क गर्न सकिने जानकारी पनि बैंकले दिएको छ।

पछिल्लो समय समाजिक सञ्जालमा नबिल बैंकको नाम प्रयोग गरी बडा दशैंको उपहार भन्दै लिङ्क शेयर भइरहेको देखिएको छ । जसमा क्लिक गर्दा ग्राहकका बैंक खाता लगायतका गोप्य सामाग्री असुरक्षीत हुन सक्छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया