• २० असोज २०८३, मंगलबार
  • ४ः१७ बेलुका

राष्ट्रपति पौडेलद्वारा मतदाता नामावली ऐन संशोधन गर्न अध्यादेश जारी

प्रकाशित मिति

२०८२ आश्विन ८ गते, बुधबार ०२:५७

असोज ८, २०८२ काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली ऐन, २०७३ संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले संविधानको धारा ११४(१) बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन्।

National Life

निर्वाचनको मिति घोषणा भइसकेपछि नयाँ मतदाता नाम दर्ता गर्न नमिल्ने प्रावधानका कारण धेरै नयाँ मतदाताहरू नामावलीमा सूचीकृत हुनबाट वञ्चित हुने स्थिति आएको थियो। ऐनको दफा ४ को उपदफा २ को खण्ड (२) मा रहेको यही व्यवस्था संशोधन गर्न अध्यादेश ल्याइएको हो।

उक्त दफामा अघिल्लोपटक यस्तो व्यवस्था गरिएको थियो: “निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन।”

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचन आयोग स्रोतका अनुसार, यही व्यवस्थाका कारण नयाँ मतदाता सूचीकृत गर्ने प्रक्रिया रोकिएको थियो। उक्त अवरोध हटाउन अध्यादेश ल्याइएको र अब नयाँ मतदाताहरूको नामावली खोल्न सकिने अनुमान गरिएको छ।

प्रतिकृया