• २० असोज २०८३, मंगलबार
  • ४ः५२ बेलुका

नागढुंगा–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

प्रकाशित मिति

२०८२ आश्विन ७ गते, मंगलवार ०४:२३

असोज ७, २०८२ धादिङ – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला (बाँदरे मोड) मा मंगलबार बिहान खसेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

National Life

बिहान करिब ५:४० बजे खसेको ठूलो पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारी साधनको लामो जाम लागेको थियो र यात्रुहरू घण्टौं अलपत्र परेका थिए। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार, झन्डै १० घण्टा लगाएर पहिरो पन्छाइएपछि साँझबाट सडक पूर्णरूपमा खुलाइएको हो।

पहिरो पन्छाउन समय लाग्ने भएपछि सडक विभागले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया