• ५ साउन २०८३, मंगलबार
  • ४:१३ बेलुका

१५ वर्षीय किशोरको अपहरणपछि हत्या

प्रकाशित मिति

२०८२ आश्विन ७ गते, मंगलवार ११:०८

असोज ७, २०८२ काठमाडौं– सिरहामा १५ वर्षीय एक किशोरको अपहरणपछि हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको अवस्थामा शव फेला परेको हो ।

सिंहको शव घरभन्दा केही पर आँप बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका परिवारले जनाएका छन् । रातभरि खोजतलास गर्दा पनि फेला परेनन् ।

Kamana Sewa

सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए ।आज उनको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

Classic Tech Desktop

प्रतिकृया