• २० असोज २०८३, मंगलबार
  • ४ः५३ बेलुका

आज पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाईं

प्रकाशित मिति

२०८२ आश्विन ७ गते, मंगलवार ११:०१

असोज ७, २०८२ काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाएका दुर्गा प्रसाईंले देशमा विकसित पछिल्लो घटनाक्रमको धारणा राख्न पत्रकार सम्मेलन गर्न लागेका हुन्।

National Life

दुर्गा प्रसाईंले आज दिउँसो साढे १ बजे भक्तपुर कमेरोटारस्थित आफ्नै निजी निवासमा पत्रकार सम्मेलनको आयोजना गरेका हुन्। उनले सम्मेलनमा जेनजी आन्दोलनपछि देशमा एकाएक फेरिएको राजनीतिक घटनाक्रमको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने र भावी योजनाहरूका विषयमा पनि जानकारी गराउने बताएका छन्।

प्रतिकृया