• २० असोज २०८३, मंगलबार
  • ४ः५३ बेलुका

महावीर पुन:म मन्त्री भएँ भन्दैमा सबै सुधार हुन्छ भन्ने छैन, म भगवान हैन

प्रकाशित मिति

२०८२ आश्विन ६ गते, सोमबार ०४:४०

असोज ६, २०८२ काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयभित्रै बसेर काम गर्ने घोषणा गरेका छन्। सोमबार शपथग्रहण पछि पत्रकारहरूसँग कुरा गर्दै उनले “म मन्त्री भएँ भन्दैमा सबै सुधार हुन्छ भन्ने छैन, म भगवान हैन” भनेर स्पष्ट पारे।

National Life

पत्रकारको प्रश्नमा पुनले “मन्त्रालयभित्र किचन होला, यही पकाएको खाने, ओछ्यान लगाएर यही सुत्ने, यही काम गर्ने हो” भन्ने जवाफ दिएका छन्। उनले आफू काममै केन्द्रित रहने र कुरा होइन, काम गरेर देखाउने संकेत दिएका छन्।

पुनले आफूले मन्त्री बन्ने कल्पना नगरेको र किताब बेच्ने क्रममा अचानक मन्त्री पदमा पुगेको अनुभव सुनाए। “आफ्नो लयमा किताब बेच्दै थिएँ, एक्कासि मन्त्री बन्नुपर्‍यो,” उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री पुनले आफ्नो ध्यान विज्ञान, प्रविधि र अनुसन्धान क्षेत्रमा केन्द्रित हुने स्पष्ट पारे। “काम गर्दा म विज्ञहरूको सुझाव लिएर अघि बढ्छु,” भन्दै उनले नीतिगत निर्णयमा प्राविधिक र विशेषज्ञहरूको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे।

प्रतिकृया