• ४ साउन २०८३, सोमबार
  • १०:०९ बेलुका

नवनियुक्त ४ मन्त्रीहरुले लिए शपथ

प्रकाशित मिति

२०८२ आश्विन ६ गते, सोमबार ०३:३४

असोज ६, २०८२ काठमाडौं– नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच शपथग्रहण गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अनिलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन् । जसअनुसार अनिलकुमार सिन्हालाई उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Kamana Sewa

महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियार कृषि तथा पशुपंक्षि विकास मन्त्रालय र जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Classic Tech Desktop

यसअघि नै प्रधानमन्त्री कार्कीले तीन मन्त्री नियुक्त गरिसकेकी थिइन् । रामेश्वर खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा र ओमप्रकाश अर्याललाई गृहमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रतिकृया