• २२ भदौ २०८३, सोमबार
  • १०ः३१ बिहान

जेनजी आन्दोलनका घाइतेहरूको धर्ना सिंहदरबारको गेटैमा

प्रकाशित मिति

२०८२ आश्विन ५ गते, आईतवार ०५:१४

असोज ५, २०८२ काठमाडौं- जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूले आइतबार सिंहदरबारको मुख्य गेट अगाडि धर्ना दिएका छन् । उनीहरूले आफ्ना मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश अनुमति नदिएपछि गेटैमा धर्ना दिएका हुन् ।

National Life

आन्दोलनका क्रममा गम्भीर घाइते भएका केही घाइतेहरूको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही हालै मात्र अस्पतालबाट डिस्चार्ज भएका छन् । धर्नामा सहभागी भएका घाइतेहरूले आन्दोलनमा सुरक्षाकर्मीको हस्तक्षेप र अत्यधिक बल प्रयोगका कारण आफूहरू अन्यायमा परेको भन्दै जिम्मेवार निकायसँग न्यायको माग गरेका छन् ।

प्रतिकृया