• २० असोज २०८३, मंगलबार
  • ६ः२७ बेलुका

दशैंअघि अग्रिम टिकट खुल्नुअघि नै ७० हजारले काठमाडौं छाडे

प्रकाशित मिति

२०८२ आश्विन २ गते, बिहीबार ०४:३५

असोज २, २०८२ काठमाडौं– पछिल्लो एक हप्ताको अवधिमा करिब ७० हजार यात्रुहरूले काठमाडौं उपत्यका छाडेका छन्। जेनजी आन्दोलनपछिको अस्थिरता र सरकारद्वारा दशैंअघिको अग्रिम बस टिकट बुकिङ अझै नखोलिएको अवस्थाले यात्रुहरूको चाप समयअगावै बढेको हो।

National Life

गोंगबु नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय कम्पनी लिमिटेडका म्यानेजर पंकज मल्लका अनुसार, भदौ २५ गतेदेखि असोज २ गते सम्मको अवधिमा मात्रै करिब ७० हजार यात्रुहरू नयाँ बसपार्कबाट बाहिरिएका छन्।

“जेनजी आन्दोलनपछि नै यात्रुहरूको गाउँ फर्किने क्रम तीव्र भएको थियो,” मल्लले बताए, “यसपटक अग्रिम टिकट खुल्नेमा अनिश्चितता देखिएपछि धेरैले चाडै यात्रा गर्न रोजेका छन्।”

Classic Tech Mobile
Classic Tech Desktop

दशैंजस्तो चाडपर्वमा राजधानीमा रहेका पेशाकर्मी, विद्यार्थी र कामदारहरू स्वदेश फर्किने परम्परा छ। तर, यस वर्ष समयमै योजना नबनिएको गुनासो यात्रुहरूबाट सुनिन थालेको छ।

यात्रुहरूको बढ्दो चापका कारण गोंगबु बसपार्कमा लामो लाइन, टिकटको अभाव र बस नपाएर फर्किने यात्रुको संख्या समेत बढेको सञ्चालक कम्पनीले जनाएको छ।

सरकारले अझै औपचारिक रूपमा दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने मिति घोषणा गरेको छैन। यातायात व्यवसायीहरू भने अब ढिलाइ नगरि व्यवस्थापन गर्न सरकारसँग माग गर्दै आएका छन्।

प्रतिकृया