• २० असोज २०८३, मंगलबार
  • ५ः३७ बेलुका

जेनजी आन्दोलनपछि ओली पहिलोपटक सार्वजनिक रूपमा देखिए

प्रकाशित मिति

२०८२ आश्विन ३ गते, शुक्रबार ०९:३६

असोज ३, २०८२ काठमाडौं– निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका छन्। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिर देखिएका थिएनन्।

National Life

शुक्रबार ओली नेपाली सेनाको हेलिकप्टरमार्फत शिवपुरी हुँदै भक्तपुरको सानो गाउँ गुन्डुमा पुगेका हुन्, जहाँ उनले नयाँ डेरा बसोबासका लागि छनोट गरेका छन्।

गुन्डुमा ओलीका लागि डेरा खोज्ने काम एमाले नेता महेश बस्नेतको अग्रसरतामा गरिएको हो। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बिहीबार नै ओली अब गुन्डु क्षेत्रमा बस्ने जानकारी सार्वजनिक गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

शुक्रबार सार्वजनिक भएको एक भिडियो क्लिपमा ओली नेता महेश बस्नेतसँगै उभिएका देखिन्छन् र कार्यकर्ताहरूसँग हात मिलाइरहेका छन्। भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ।

जेनजी आन्दोलनपछि ओलीको सार्वजनिक उपस्थिति र स्थानान्तरणलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला भक्तपुरको गुन्डुमा देखिएको यो गतिविधिलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिकृया