• २० असोज २०८३, मंगलबार
  • ६ः२७ बेलुका

सात दिनपछि चिनियाँ राजदूतले कार्कीलाई दिए बधाई

प्रकाशित मिति

२०८२ आश्विन २ गते, बिहीबार ०३:१२

असोज २, २०८२ काठमाडौं– नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई उत्तरी छिमेकी चीनले ढिलो गरी बधाई दिएको छ। नेपालमा नियुक्त चिनियाँ राजदूत छन सोङले बिहीबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीलाई भेट गरी शुभकामना व्यक्त गरेका हुन्।

National Life

राजदूत सोङले भेटका क्रममा प्रधानमन्त्री कार्कीलाई चीन सरकारको तर्फबाट हार्दिक बधाई दिँदै नेपाल–चीन सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। “दुवै पक्षबीच विचार विनिमय हुँदै मित्रता र सहकार्यलाई अझै प्रगाढ बनाउँदै लैजाने सहमति भएको छ,” राजदूत सोङले बताएका थिए।

तर, भदौ २७ गते (सेप्टेम्बर १२) मा पदभार ग्रहण गरेकी प्रधानमन्त्री कार्कीलाई चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले भने औपचारिक रुपमा अहिलेसम्म बधाई दिएका छैनन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि भदौ २८ गते बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले पत्रकारको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री कार्कीलाई चीनको तर्फबाट बधाई दिएका थिए। उनले नेपाल–चीनबीचको परम्परागत मित्रता गहिरो रहेको भन्दै आगामी दिनमा पनि सहयोग जारी रहने उल्लेख गरेका थिए।

प्रतिकृया