• २० असोज २०८३, मंगलबार
  • ६ः२७ बेलुका

सुशीला कार्की र मोदीबीच टेलिफोन वार्ता, यस्तो भयो छलफल

प्रकाशित मिति

२०८२ आश्विन २ गते, बिहीबार ०१:०३

असोज २, २०८२ काठमाडौं- नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ। दुई देशका सरकार प्रमुखबीच भएको संवादमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विषयमा व्यापक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

National Life

वार्ताको प्रारम्भमा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेकी थिइन्। यस क्रममा उनले नेपाल–भारतबीचको सदियौँदेखि रहँदै आएको मैत्रिपूर्ण, सांस्कृतिक र ऐतिहासिक सम्बन्धको स्मरण गरेकी थिइन्।

प्रधानमन्त्री कार्कीले नेपालको पछिल्लो राजनीतिक अवस्था र सरकार गठनपछिको प्राथमिकता बारे पनि भारतीय समकक्षीलाई जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस अवसरमा प्रधानमन्त्री मोदीले नेपालकी नवनियुक्त प्रधानमन्त्री कार्कीलाई पदभार ग्रहणको बधाई दिएका थिए। साथै उनले भारत असल छिमेकीको हैसियतले नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन सदैव तयार रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

यस टेलिफोन वार्ताले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिकृया