• २० असोज २०८३, मंगलबार
  • ६ः२८ बेलुका

प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी मोदीबीच बिहीबार फोनवार्ताको तयारी

प्रकाशित मिति

२०८२ भाद्र ३१ गते, मंगलवार ०३:३५

भदौ ३१,२०८२ काठमाडौं –  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी बिहीबार बिहान ११:३० बजे फोनवार्ता हुने भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार मंगलबार नै वार्ता गर्ने तयारी भए पनि अन्तिम समयमा समय तालिका सरेर बिहीबारको लागि तय गरिएको हो।

National Life

“भोलि (बुधबार) हाम्रोमा शोक बिदा भएकाले सरेको हो, पर्सि बिहान साढे ११ बजे वार्ता हुने पक्का छ,” प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको दबाबमा कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन्। उनको नियुक्तिपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए। मोदीले गत शनिबार मणिपुरमा आयोजित एक कार्यक्रममा कार्कीको नेतृत्वलाई महिला सशक्तीकरणको उदाहरणसमेत भनेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया