• १६ असोज २०८३, शुक्रबार
  • ३ः०३ दिउँसो

बैंक लुटेराले फालेको ५ लाख प्रहरीलाई बुझाए युवकले

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार ०४:०६

काठमाडौं । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित वाणिज्य बैंक लुट्ने समूहले फालेको नगद एक युवकले प्रहरीलाई बुझाएका छन्।

National Life

ललितपुर घर भएका सुरेश देउलाले लुटेराले फालेको ५ लाख १० हजार ५ सय रुपैयाँ जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको प्रहरी परिसरका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए। उनका अनुसार देउलाले सो बैंक लुटिएको दृश्य भिडियो खिचिरहेका बेला लुटेरा समूहले देखेका थिए। त्यसपछि समूहले ‘तैंले यही खोजेको हो, ला !’ भन्दै नगद फालेको बताइएको छ।

देउलाले उक्त नगद आफूले सुरक्षित राखेर अन्ततः प्रहरीलाई बुझाएको बताएका छन्। उक्त बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली सेनाले यसअघि नै पक्राउ गरिसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया