• २० असोज २०८३, मंगलबार
  • ७ः१३ बेलुका

रामकुमारी झाँक्रीद्वारा पाँचबुँदे सुझाव: संविधानको दायराभित्रै समाधान खोजिनुपर्नेमा जोड

प्रकाशित मिति

२०८२ भाद्र २६ गते, बिहीबार ०४:४२

भदौ २६ ,२०८२ काठमाडौँ – ‘जेनजी’ प्रदर्शनका क्रममा उब्जिएका माग र बढ्दो राजनीतिक तरलताबीच नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय निकासका लागि पाँचबुँदे सुझाव सार्वजनिक गरेकी छन्।

National Life

बिहीबार (भदौ २६) जारी सुझावमा उनले पहिलो बुँदामा हालको परिस्थितिबारे राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक रूपमा स्पष्ट धारणा दिनुपर्ने बताइन्। दोस्रो बुँदामा उनले पूर्वप्रधानमन्त्रीहरूलाई सक्रिय राजनीतिबाट बिदा लिन आग्रह गरिन्।

उनको तेस्रो प्रस्तावमा राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठन आवश्यक रहेको उल्लेख छ। चौथो बुँदामा जेनजी युवाले उठाएका भ्रष्टाचार नियन्त्रणलगायतका उचित माग पूरा गर्न सरकार र दलहरूलाई आह्वान गरिन्।

Classic Tech Mobile
Classic Tech Desktop

पाँचौँ तथा अन्तिम बुँदामा उनले सबै समस्याको समाधान हालको संविधानको दायराभित्रै खोजिनुपर्नेमा जोड दिँदै संवैधानिक मार्गबाटै निकास सम्भव हुने धारणा राखिन्।

प्रतिकृया