राष्ट्रपति पौडेलको अपिल: संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिने प्रयास जारी
प्रकाशित मिति
२०८२ भाद्र २६ गते, बिहीबार ०४:३३
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम् परिस्थितिबाट संवैधानिक दायरामा रहेर निकास दिने प्रयास भइरहेको बताएका छन्।
नेपाली दाजुभाइ तथा दिदीबहिनीका नाममा एक लिखित सम्बोधनमार्फत राष्ट्रपति पौडेलले लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्न आफू निरन्तर विचार–विमर्श र प्रयासरत रहेको स्पष्ट पारे।
सम्बोधनमा उनले भनेका छन्, “देशको अहिलेको विषम् परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवम् हर प्रयास गर्दैछु।”
उनले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको समाधान खोजिँदै गरेको जनाउँदै संयमतापूर्वक शान्ति–सुव्यवस्था कायम गर्ने कार्यमा सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन्।








प्रतिकृया