• २० असोज २०८३, मंगलबार
  • ७ः१३ बेलुका

जेनजी आन्दोलनमा भागेका कैदीबन्दीलाई प्रहरीको आह्वान: तत्काल सम्पर्कमा आउनुहोस्

प्रकाशित मिति

२०८२ भाद्र २६ गते, बिहीबार ०४:५६

भदौ २६ ,२०८२ काठमाडौँ – नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय र कारागारमा तोडफोड तथा आगजनीपछि फरार भएका कैदीबन्दीहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ। हिरासतमा रहेका र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न बाँकी रहेका कैदीहरू कारागारबाट भागेको घटनापछि बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले उनीहरूलाई आत्मसमर्पण गर्न आह्वान गरेको हो।

National Life

प्रहरीले ती अभियुक्त र कैदीबन्दीहरूलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायको नजिकैको कार्यालयमा यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ। सार्वजनिक सुरक्षामा गम्भीर असर नपरोस् भन्नेसहित प्रहरीले सबै पक्षलाई सहयोग गर्न पनि अपिल गरेको छ।

प्रतिकृया