• २० असोज २०८३, मंगलबार
  • ६ः१२ बेलुका

जेनजी नेपालले अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई लैजाने निर्णय

प्रकाशित मिति

२०८२ भाद्र २६ गते, बिहीबार ०२:१६

भदौ २६ ,२०८२ काठमाडौँ – हालको राजनीतिक संकट समाधानका लागि जेन–जी नेपालले विज्ञप्ति जारी गर्दै अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

National Life

विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचारको अन्त्य, बेथिती नियन्त्रण र सुशासन कायम गर्ने आन्दोलन अभूतपूर्व सफलताको नजिक पुगेको छ र जेनजी समर्थित अन्तरिम मन्त्रिपरिषद् गठन भएसँगै यसको निष्कर्ष आउनेछ।”

प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)लाई योग्य उम्मेदवार मानिएको भए पनि उनले यस प्रक्रियामा रुचि नदेखाएपछि विकल्प खोजिएको थियो। त्यस्तै, हर्क साम्पाङको नाममा पनि छलफल भए पनि उनलाई नेतृत्व गर्ने सम्भावना न्यून देखिएको विज्ञप्तिमा उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम हिजोको भर्चुअल छलफलमा समर्थन भए पनि संविधानअनुसार न्यायाधीशहरू यो पदका लागि योग्य नहुने र उमेर सीमा पार भएकाले उनको नाम अस्वीकृत गरिएको स्पष्ट गरिएको छ।

यसपछि कुलमान घिसिङको नाममा सकारात्मक सहमति बनेको र उनलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा पठाउने निर्णय गरिएको जेन–जी नेपालले जनाएको छ।

प्रतिकृया