• २० असोज २०८३, मंगलबार
  • ७ः१३ बेलुका

जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

प्रकाशित मिति

२०८२ भाद्र २६ गते, बिहीबार ०१:४२

भदौ २६ ,२०८२ काठमाडौँ – सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध भएको जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार, देशभरका विभिन्न अस्पतालबाट सङ्कलन गरिएको तथ्याङ्कमा मृतक संख्या ३४ पुगेको पुष्टि भएको छ।

National Life

त्यस्तै, आन्दोलनका क्रममा घाइते हुनेको संख्या १,३६८ पुगेको छ। उनीहरूमध्ये ३२१ जना हाल पनि विभिन्न अस्पतालमा उपचाररत छन् भने ९४९ जना घाइतेलाई डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन्।

मन्त्रालयका अनुसार, काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, बयोधा अस्पतालमा २, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल र बिएनसी अस्पतालमा १–१ जनाको मृत्यु भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो। प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा केही प्रदर्शनकारी घटनास्थलमै घाइते भए भने कतिपयलाई अस्पताल पुर्‍याइयो, जहाँ उपचारको क्रममा केहीको निधन भएको हो। स्वास्थ्य मन्त्रालयले सबै घाइतेको पूर्ण विवरण सङ्कलन गर्दैछ र आवश्यक चिकित्सकीय सहायता पुर्‍याइरहेको जनाएको छ।

प्रतिकृया