• २० असोज २०८३, मंगलबार
  • ७ः१४ बेलुका

आगजनीले प्रहरी कार्यालय जलेर नष्ट, १ सयभन्दा बढी हतियार चोरी भएको आशंका

प्रकाशित मिति

२०८२ भाद्र २६ गते, बिहीबार ०१:३२

भदौ २६ ,२०८२ काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा मंगलबार राजधानीमा हिंसात्मक गतिविधि बढ्दै जाँदा काठमाडौं उपत्यका प्रहरी कार्यालयमा ठूलो क्षति पुगेको छ। प्रदर्शनकारीहरूले कार्यालयमा आगजनी गरेपछि सम्पूर्ण भौतिक संरचना जलेर नष्ट भएको छ।

National Life

उक्त कार्यालय उपत्यकाका सबै सीसीटीभी क्यामेराहरूको ‘मोनिटरिङ’ गर्ने केन्द्र मानिन्छ। आगलागीका कारण सम्पूर्ण उपकरण, अभिलेख तथा संरचनामा क्षति पुगेको प्रहरी स्रोतले जनाएको छ।

यसबाहेक, कार्यालयमा रहेका एक सयभन्दा बढी हतियार लुटपाट भएको छ। प्रहरीका अनुसार लुटेराहरूले खोलमै फ्याँक्दै कार्यालय भित्रैबाट हतियार बोकेर लगेका थिए। सुरक्षाकर्मीहरू भने स्थिति नियन्त्रणमा लिन सक्रिय भए पनि आगजनी र लुटपाटका कारण ठूलो क्षति भएको पुष्टि भएको छ। घटनापछि राजधानीमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया