• २० असोज २०८३, मंगलबार
  • ७ः१४ बेलुका

यही संविधानमा टेकेर अघि बढ्नुपर्छ, नागरिक अधिकार खोसेको कसैले स्वीकार गर्दैन : गगन थापा (भिडिओ)

प्रकाशित मिति

२०८२ भाद्र २६ गते, बिहीबार १२:२९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको संविधानको निरन्तरता हुनुपर्ने बताएका छन्। यही संविधानमा टेकेर अघि बढ्नुपर्ने उनको भनाइ छ। बिहीबार एक भिडिओ सन्देश सामाजिक सञ्जाल फेसबुकमा राख्दै थापाले भनेका छन्, ‘यो संविधानको निरन्तरताका बारेमा तपाईंहरूले ख्याल गर्नैपर्छ, हामीले जे कुरा गर्ने हो कहीँ न कहीँ यही संविधानमा टेक्नैपर्छ किनकि सामाजिक सञ्जाल बन्द हुँदै गर्दा हाम्रो समाजले स्वीका गर्दैन भने हाम्रा नागरिक अधिकार खोसेका कुरा कसले स्वीकार गर्छरु फेरि अर्को आन्दोलन हुन्छ।’ अहिलेको संविधानलाई कायमै राखेर जानुपर्ने उनले बताए।

National Life

‘यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तपाईंहरूले भनेअनुसार गरौं। तपाईंहरूले चलाउने हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं,’ उनले भने, ‘तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ।’

उनले पुनर्निर्माणमा सबैको साथ सहयोग चाहिने पनि बताए। गल्ती गर्नेलाई कानुनअनुसार कारबाही गरिनुपर्ने पनि उनको भनाइ छ। ‘तपाईंहरूले नै सम्हाल्नुपर्छ, बिग्रँन दिन हुँदैन,’ उनले भने। उनले माफी माग्दै सुध्रने वाचासमेत गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया