• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

जेनजीलाई वार्तामा आउन प्रधानसेनापतिको आह्वान

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०४:५५

काठमाडौं, भदौ २४ — प्रधानसेनापति अशोक राज सिग्देलले आन्दोलनरत जेनजी समूहलाई वार्ता तथा छलफलमा आउन आह्वान गरेका छन्। आन्दोलन चर्किँदै गएपछि मंगलबार सेनामुख्यालयमार्फत जारी विज्ञप्तिमा उनले सहमति र संवादमार्फत मात्र समस्या समाधान सम्भव हुने बताए।

National Life

प्रधानसेनापति सिग्देलले हिंसात्मक गतिविधिले राष्ट्रलाई थप संकटतर्फ धकेल्ने चेतावनी दिँदै आन्दोलनकारीलाई संयमित रहन आग्रह गरेका छन्। उनले शान्ति, स्थिरता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर छलफलमा सहभागी हुन सबै पक्षलाई आह्वान गरेका छन्।

प्रतिकृया