• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

प्रहरीले चलाएको गोली लागेर जेनजी आन्दोलनमा सहभागी दुई प्रदर्शनकारीको मृत्यु

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०४:१२

काठमाडौं, भदौ २४ — राजधानीको कालिमाटी चोकमा प्रहरीले चलाएको गोली लागेर जेनजी आन्दोलनमा सहभागी दुई प्रदर्शनकारीको मृत्यु भएको छ।

National Life

मंगलबार दिउँसो करिब २ बजे भएको झडपमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भएपछि अवस्था नियन्त्रणबाहिर जाँदा प्रहरीले गोली चलाएको (प्रत्यक्षदर्शी) ले बताएका छन्। उनका अनुसार गोली टाउकोमा लाग्दा दुई युवाको घटनास्थलमै मृत्यु भएको हो।

जेनजी आन्दोलन लगातार उग्र बन्दै गएपछि काठमाडौंका विभिन्न स्थानमा झडप र तोडफोड भइरहेका छन्। सुरक्षा निकायले भने परिस्थितिलाई नियन्त्रणमा लिन भरपुर प्रयास भइरहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया