• १ असोज २०८३, बिहीबार
  • ६ः१७ बिहान

रुपन्देही–३ : रास्वपा उम्मेदवार डा. लेखजंग थापा “जस्तोसुकै त्यागका लागि तयार”

प्रकाशित मिति

२०८२ भाद्र १७ गते, मंगलवार ०९:५८

भदौ १७,२०८२ काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नं. ३ मा उम्मेदवारका लागि छनोट गरेका डा. लेखजंग थापाले आफू जस्तोसुकै त्यागका लागि तयार रहेको बताएका छन्।

National Life

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्, “रुपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ। नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको उमेदवार छनोट विधि अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको तथ्य अवगत नै छ। तथापि, मेरो पार्टीले गर्ने कुनै पनि निर्णयलाई म सहर्ष स्वागत, स्वीकार र पालना गर्नेछु।”

यससँगै उनले आफ्ना व्यक्तिगत विषयमा उठाइएका प्रश्नहरूबारे स्पष्ट पार्दै दुईपटक विवाह गरेको उल्लेख गरेका छन्। उनका अनुसार, पहिलो विवाह विच्छेदपछि दोस्रो विवाह गरेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया