• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश

प्रकाशित मिति

२०८२ भाद्र १६ गते, सोमबार ११:२६

भदौ १६,२०८२ काठमाडौं – रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु, नियमनकारी निकायहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पु¥याउन अहं भूमिका खेल्नहुने रिलायबल एडभाइजरहरु, शेयरधनीहरु, अहोरात्र काम प्रति समर्पित कर्मचारी वर्गहरु, पत्रकार, लगायत समस्त सरोकारबालाहरुलाई हार्दिक आभार व्यक्त गर्दछौ ।

National Life

हाल सम्मको उपलब्धीबाट हामिलाई थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको छ भने भविष्यमा अझ ठुलो जिम्मेबारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त स्टेकहोल्डरबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा पनि गरेका छौ । अगाडी दिनमा हामी सेवा उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ट कारोबार गर्ने प्रतिबद्य्ता व्यक्त गर्दछौ ।

कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड बराबर नाफा आर्जन गरेको छ । त्यसैगरी कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुरा गरी हाल रु. ५ अर्व १९ करोड भएको छ । कम्पनीले कुल लगानी गत आर्थिक वर्षको अन्त्यमा रु. २० अरबको हाराहारीमा रहेको छ भने गत आ.व. मा कम्पनीले रु. १ अर्व ४३ करोड दाबी भुक्तानी प्रदान गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

वार्षिक उत्सवको अवसरमा कम्पनीका कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालयवाट ज्ञानेश्वरवाट मैतिदेवि, डिल्लीवजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः केन्द्रिय कार्यालय ज्ञानेश्वर सम्म बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी आठौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रमहरुको संक्षिप्त विवर

महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखाहरुमा रक्तदान तथा स्थास्थ्य सिविर, राजविराज, चितवन, सुन्दर बजार, मिर्चैया शाखामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, वनेपा, इलाम, शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाध्य सामाग्रीहरु वितरण तथा सरसफाई समेत गरी मनाइयो ।

प्रतिकृया