• २० असोज २०८३, मंगलबार
  • १०ः२१ राती

दशैंका लागि सुकिला नोट वितरण भदौ २९ देखि सुरु

प्रकाशित मिति

२०८२ भाद्र १५ गते, आईतवार १०:१७

भदौ १५,२०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी दशैंका लागि सुकिला नोट सटही (वितरण) यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म गर्ने निर्णय गरेको छ।

National Life

राष्ट्र बैंकका अनुसार साना दरका नोट वितरणका लागि थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग तथा विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित प्रदेश कार्यालयमार्फत सटही सुविधा उपलब्ध हुनेछ।

यसका अतिरिक्त इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत पनि सर्वसाधारण र संघ/संस्थालाई सुकिला नोट सटही गर्न सकिने व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आम नागरिकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

May be an image of text that says 'नेपाल राष्ट्र बैंक थापाथली, काठमाडी सुकिला नोट सटही सम्बन्धी सूचना प्रकाशित मिति: ၃၀၃/၀4/9မ वि.स. ২০৫२ को बडादशैमा नेपाल राष्ट्र बैकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थत कार्यालय (विराटनंगर, जनकपुर, वीरगजज, पोबरा, सिदवार्नगर, नेपालगन्ज र धनगढी) र इजाजत प्राप्त "क", "ਥ", र "ग" वर्गंका बैक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वंसाधारणलगायत विमिन्न संघ सस्थालाई ्मिती ၃၀၃/၀/၃၃ देखि २०६२/०६/ गतेसम्म बैकिड्छ कारोबार समयमा सुकिला बैकनोट सटही गर्न सकिने ब्यहोरा सम्बन्थित सवैलाई जानकारी गराइटनद। मुदा व्यवस्थापन विभाग'

प्रतिकृया