• २० असोज २०८३, मंगलबार
  • १०ः२१ राती

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि ५५ अर्ब रुपैयाँ तान्ने

प्रकाशित मिति

२०८२ भाद्र १५ गते, आईतवार १०:३१

भदौ १५,२०८२ काठमाडौं – बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा तानिरहेको छ। यसै क्रममा आज (आइतबार) पनि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट ५५ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ।

National Life

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र यसमा सहभागी हुन पाउनेछन्।

निक्षेप दिन चाहने संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोडको गुणकमा आवेदन दिन सक्ने व्यवस्था छ। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ। यो २१ दिने निक्षेप संकलन उपकरण हो, जसको साँवा तथा ब्याज भुक्तानी आगामी असोज ५ गते हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्लो समय कर्जाको माग नबढ्दा बैंकिङ प्रणालीमा तरलता प्रशस्त रहेको छ। यसै कारण बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भएका छन्।

प्रतिकृया